हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका ५ वसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका ८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा खातुन फरार रहेकी थिइन् । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० चुन्नीखेलबाट पक्राउ गरेको हो ।

Advertisement

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)