समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा मापसे गरेर चालकले बस कुदाएपछि सात जना घाइते

झापा  । बिर्तामोडमा एउटा कारलाई ठक्कर दिएर भाग्ने क्रममा बसले ठक्कर दिँदा सात जना घाइते भएका छन् ।बुधवार साँझ साढे ६ बजे बिर्तामोड ५ कल्पतरु ट्रान्सपोर्ट छेउमा पार्किङ गरी राखेको बा १५ च ६४०३ नम्बरको कारलाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३२७१ नम्बरको बसले ठक्कर दिई पूर्वतर्फ भागेको थियो । त्यस क्रममा बिर्तामोड ६ स्थित पूर्व पश्चिम राजमार्गको बुट्टावारिमा विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ९००२ नम्बरको मोटरसाइकललार्ई ठक्कर दिँदा मोटरसाइकल चालकलाई चोटपटक नलागेको तर मोटरसाइकलमा क्षति भएको छ ।

Advertisement

सोही बस पूर्वतर्फ भाग्ने क्रममा मेचीनगर ११ स्थित कालिझोडा जङ्गलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प ७०९२ नम्बरको मोटरसाइकल , मे १ ज ८७४ नम्बरको म्याजिक भ्यान , सोही दिशाबाट आइरहेको मे १ ज १९८१ नम्बरको बोलेरो र प्रदेश नम्बर १ –०१–००१ ख ३५३६ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

Advertisement

मादक पदार्थ सेवन गरी बस चालक मेचीनगर –१० ढाट बस्ने ३३ वर्षीय दिनेश कडरियाले सो बस अन्धाधुन्ध चलाएका थिए । दुर्घटनामा मे १ ज ८७४ न।को म्याजिकमा सवार चालक मेचीनगर –७ बस्ने २८ वर्षीय राजु तामाङ सामान्य घाइते भएका छन् । उनको मनकामना अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अर्जुनधारा ६ बस्ने ३७ वर्षिया कल्पना अधिकारीको टाउकोमा चोट लागेर बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने अर्जुनधारा ।५ बस्ने ३५ वर्षिया रुद्रमाया धिमालको टाउकोमा चोट लागेर बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै वडा नं ११ बस्ने ४५ वर्षीय देवराज राई , बिर्तामोड ५ बस्ने ४३ वर्षिया विमला भट्टराई , मे ९ प ७०९२ ना को मोटरसाइकलमा सवार चालक इलाम चुलाचुली १ बस्ने ३५ वर्षीय विजय बि.क, पछाडि सवार उनकी श्रीमती २५ वर्षिया प्रमीला बि।क घाइते भई बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था मध्यम रहेको र बस चालक कडरिया प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।Times Of Pradesh

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article