अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यो पौष्टिक तत्वको पावरहाउस हो । अण्डालाई थुप्रै कुरासँग मिसाएर खान सकिन्छ । यसबाहेक यसलाई थुप्रै तरिकाले बनाउन पनि सकिन्छ । उसिनेको अण्डामा हेल्दी फ्याट हुन्छ जसले तौल बढ्न दिँदैन । यसबाहेक यसमा प्रोटिनको प्रचुर मात्रा भएका कारण यो शरीरमा टुटे फुटेको कोशिकाको मर्मत गर्नमा काम लाग्छ । अण्डाको नानीमा भएको भिटामिन डीले चिसो र फ्लूबाट जोगाउन पनि मद्दत गर्छ । दैनिक उसिनेको अण्डा खाँदा प्रतिरोधी क्षमता असाध्यै राम्रो हुन्छ । अण्डाले निकै छिटो ऊर्जा प्रदान गर्छ । अण्डाको सेवन छाला, आँखा र कपालका लागि पनि फाइदाजनक हुन्छ ।

अण्डामा पाइने तत्वः

हेल्थलाइनको खबर अनुसार उसिनेको एउटा अण्डाको सेवनले ७७ क्यालोरी ऊर्जा पाइन्छ । यसबाहेक एउटा उसिनेको अण्डामा ०-६ ग्राम कार्बोहाइड्रेट, ५-३ ग्राम फ्याट, १-६ ग्राम स्याचुरेटेड फ्याट, २ ग्राम मोनोस्याचुरेटेड फ्याट, २१२ मिलिग्राम कोलेस्ट्रोल, ६-३ ग्राम प्रोटिन, ६ प्रतिशत भिटामिन ए, १५ प्रतिशत भिटामिन बी टु, ९ प्रतिशत भिटामिन बी१२, ७ प्रतिशत भिटामिन बी५, ८६ मिलिग्राम फोस्फोरस र २२ प्रतिशत सेलेनियम पाइन्छ । चिसो मौसममा शरीरको आन्तरिक तापक्रम घट्ने भएकोले यसलाई बढाउनका लागि शरीरलाई अतिरिक्त ऊर्जाको आवश्यकता पर्छ । अण्डाले यो कमीको भरपाई निकै छिटो गर्छ ।