हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

डडेल्धुरामा ३२ यात्रु बोकेको बस सडकबाट करिब १०० मिटर तल खस्यो

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिरनजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। बसमा ३२ यात्रु थिए।

Advertisement

घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदै छ। घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ।

Advertisement

घटनाको विस्तृत विवरण तथा घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)