हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कानुन व्यवसायीहरु गरे हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन, सुरक्षा व्यवस्थामा थप कडाइ

नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।तीन दिनसम्म चल्ने यो विरोध प्रदर्शन बिहान १० देखि ११बजे सम्म हुने भएको छ । सर्वोच्चमा भएको विरोध प्रदर्शनलाई ध्यानमा राखि त्यस वरपरको सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

Advertisement

सर्वोच्च अदालतमा परिचय पत्र जाँच गरेर मात्र कमर्चरीलाई प्रवेश दिइएको छ । न्यायालयको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनमा माग गर्दै आएको छ ।कात्तिक १२ गते बसेको बारको बैठकले प्रधानन्यायाधिशलाई पााच दिनको समय दिएको छ ।यो अवधिभर पनि राजीनमा नगरे देशव्यापी आन्दोलन समेत गर्ने बारको बैठकले निणर्य गरेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)