समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एकपछि अर्को गाउँ किन हुँदैछ खाली ?

भारतको उत्तराखण्डस्थित पौडीको चौबट्टाखाल प्रशासनिक इकाइमा पर्ने किमगिडी गाउँका महिला आफ्नो खेतमा दलहन बाली भित्र्याइरहेका छन् । १७, १८ र १९ अक्टुबरमा भएको अविरल वर्षाको मार दलहन बालीमा पनि परेको छ । वृद्ध किसान लीला देवी भन्छिन्, ‘जब वर्षा चाहिन्छ, त्यति बेला पर्दैन । अहिले बेमौसमी वर्षा भइरहेको छ । मासको दाल कोसाभित्रै गलेको छ । पशुहरूका लागि हामीले घाँस काटेर राखेका थियौँ । त्यो पनि सडेको छ ।’

Advertisement

उनका अनुसार गत मे महिनामा पनि लगातार बेमौसमी वर्षा भएको थियो । त्यति बेला पनि विभिन्न बालीमा असर पुगेको थियो । अहिलेको पानीले बाँकी कसर पूरा गरिदियो । लीला देवीले आफ्नो खेतको त्यो हिस्सा पनि देखाइन् जसमा जङ्गली बँदेलको झुण्डले नोक्सान पुर्‍याएको थियो । उनी भन्छिन्, ‘केही बाली मौसमका कारण खराब हुन्छ, केही जनावरले खाइदिन्छ । अहिले आफ्नो घर चलाउन पनि कठिन भइरहेको छ ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article