हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अवैध लागुऔषध सहित तिन जना पक्राउ

अवैध लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय बसन्त चौधरी लगायत ३ जना रहेका छन् ।उनीहरुको साथबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ बरामत गरेको छ । शनिबार साँझ पक्राउ परेका उनीहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसैगरी , अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय ८० रूपैयाँ सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमासुर्खेत, वीरेन्द्रनगर नगरपालिका८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जना रहेका छन् ।उक्त अवैध लागु औषधको कारोवार भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरीले उक्त लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)