४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका९१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् ।निजलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यस विषयमा प्रहरीले थप अनुशनधान गरिरहेको छ ।
