समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आलु बम लगायतका पटाका बरामद

कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाँउबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान पटाका र सोही नगरपालिका(११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा थप १ बोरा पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

Advertisement

भारतबाट लुकाई ल्याउँदै गरेको उक्त पटाका ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । त्यस्तै सर्लाही, बलरा नगरपालिका-१ स्थित सीमा क्षेत्रबाट ४० हजार रूपैयाँ मूल्य बराबरका फुलझरी, नागिन, आलु बम लगायतका पटाका शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

Advertisement

प्रहरी चौकी छन्किटोलाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ बोकी ल्याउँदै गरेका व्यक्तिहरूले उक्त पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article