समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिटौलाका बिश्वास पात्र खानेपानी मन्त्री चौधरी भोलि हल्दिवारी आउदै

जलथल : दर्पन । नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी भोलि हल्दिवारी आउने बताईएको छ।काङ्ग्रेस हल्दिवारी सभापति गङ्गा प्रसाईका अनुसार उनले यहाँको खानेपानीको अवस्थाको अवलोकन गर्ने कार्यक्रम रहेका छ् ।

Advertisement

हल्दिवारी गाउँपालिका भित्रका ३ वटा खानेपानी ट्यान्की मध्ये २ वटा संचालनमा आएका छ्न भने एउटा अन्तिम तयारीमा रहेको छ । केही समय अगाडि काङ्ग्रेस युवा नेता नवीन बिमलीको नेतृत्वमा गएको टोलिले काठमाडौमा काङ्ग्रेस नेता कृष्ण सिटौलालाई खानेपानी ,बिकास निर्माण सम्बन्धि कार्यक्रमको जानकारी गराएको थियोे ।

Advertisement

सिटौलाकै पहलमा सैनिक मोडबाट गोलधाप हुँदै झापा रोड सम्मको बाटोलाई ८ करोड बिनियोजन भइ प्रक्रिया समेत शुरु भएको छ । हल्दिवारीको खानेपानीलाई विशेष चासोको रुपमा हेरेका सिटौलाका बिश्वास पात्र मन्त्री चौधरीको अवलोकन भ्रमण पछि करोडौंको लगानी हुने बिश्वास हल्दिवारी बासिले लिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article