हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लालिगुराँस बालक्लबको बाल मैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

कन्काई नगरपालिका ४ मा रहेको लालिगुराँस बालक्लबको बाल मैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

जनप्रतिनिधि ,टोल बिकास समितिका अध्यक्ष ,शिक्षक ,बालबालिकाको सहभागीता रहेको कार्यक्रममा बाल मैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिसयमा अन्तक्रिर्या भएको क्लबका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए।

Advertisement

बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक तथा संचार कर्मी सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा बाल संजाल अध्यक्ष खेमराज चापागाईं संजालका आगामी कार्ययोजना र रणनीतिका बारेमा प्रस्ट्टाएका थिए।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष देवि माया दाहाल डिल्लि राम भुर्तेल टाेल विकास अध्यक्ष ,दुर्गा प्र. चापागाईं टाेल विकास अध्यक्ष बुद्धि प्र. सुवेदी टाेल विकास अध्यक्ष मनाेरथ थापा टाेल विकास अध्यक्ष लगायतले बाल मैत्री नगर निर्माणका बालबालिकाका लागि बिभेदरहित सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

अभिषेक बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन मौनता बजगाइ गरेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)