समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै धनुषाका शिक्षक आन्दोलित

चार दिनअघि धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जिल्लाभरका शिक्षक आन्दोलनमा उत्रिएका छन् ।सोमबार धनुषका शिक्षकहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । स्थानीय रेल्वे स्टेशनबाट निकालिएको विरोध र्‍यालीले भानु चोक, शिव चोक, जनक चोकसहित नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

Advertisement

उनीहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।

Advertisement

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै शिक्षकहरुले जनमत पार्टी मुर्दावाद नारा समेत लगाएका छन् ।

प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत दिएका छन् ।

सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरूले १२ कात्तिकमा दुर्व्यवहार गरेका थिए । विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठनपाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो फाल्दै चप्पलले समेत हिर्काएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article