समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

रौतहटमा मोटरसाइकल दुर्घटना हुदा प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय जवानको मृत्यु

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठो’क्कि’एर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको प्रहरीले जनाएको हो ।

Advertisement

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो । डिएसपी श्रीराम भण्डारीले घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको डिएसपी भण्डारीले बताए ।

Advertisement

त्यस्तै, चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै
समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।”

अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्को वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताउनुभयो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।

नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उहाँले बताउनुभयो ।कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।

त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौँ उपत्यकाका तीनलगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन । सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले सङ्क्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको सङ्ख्या धेरै छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article