५० औं जनाले रक्तदान गर्दै हल्दिवारी उधोग वाणिज्य संघको रक्तदान कार्यक्रम समपन्न । विजयदशमी ,शुभदिपावली , छठ पर्व तथा नेपाल सम्वतको अवसर पारेर हल्दिवारी उधोग वाणिज्य संघले आज हल्दिवारी ३ को ढडुवा बजारमा रक्तदान कार्यक्रम समपन्न गरेको छ ।

कोरोना महामारी पछी झापा जिल्लाका अस्पतालहरुमा रक्तअभाव भएपछि रेडक्रसको आह्वानमा संघले रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष सुमन मैनालीले बताए । संघका अध्यक्ष सुमन्त मैनाली (सुमन) र स्वयंसेवि रक्तदाता अभिषेक खतिवडाले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए।

सो कार्यक्रममा दुई जना महिला र अठचालीस जना पुरुष गरेर जम्मा पचास जना ले रक्तदान गरेका थिए ।