हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मूल्य बृध्दिको बिरुध्द नागरिक पार्टी

 कमला भट्टराई/ न्यूज डेक्स बिर्तामोड /नेपाली नागरिक पार्टी केंद्रिय समितिले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गत शुक्रवार रातीबाट सर्ब साधारण उपभोक्ताहरुको ढाड सेक्ने गरी इन्धनको मूल्य पुनः बृध्दि गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

Advertisement

बिज्ञप्तिमा खाना पकाउने ग्यास सहित पेट्रोल,डिजेल,मट्टितेल र हबाई इन्धनमा मनोपोली ढंगबाट गरेको मूल्य बृध्दि सरकारले निमुखा नेपाली नागरिकहरुलाई उपहार स्वरुप दिएको गलपासो हो भनेको छ। पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्री द्वारा हस्ताक्षरित सो बिज्ञप्ति जारी गर्दै सरकारले यो मूल्य बृध्दि समयमा नसच्चाए शसक्त आन्दोलन गर्ने अल्टिमेटम दिएको छ ।

Advertisement

बिज्ञप्तिमा भनेको छ कि चाड बाडको मुखमा पेट्रोलियम पदार्थमा नभई खाद्य सामग्री समेतमा मूल्य बृध्दि गरेको र सरकार तथा स्थानीय प्रशासन मौन रहनु कालाबजारीलाई प्रश्रय दिनु हो। तत्काल। प्राथमिकताका साथ बजार अनुगमन गरी कानूनी राज्यको प्रत्याभूति धागरिकलाई गराउनु सरकारको प्रमुख दायित्ब हो भनि सूझाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)