हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गैंडाको खागजस्तो देखिने वस्तुसहित सुकेधाराबाट पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीया फूलमाया विक र काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार छन्।

Advertisement

अवैध रूपमा वन्यजन्तुको आखेटोपहारको अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा टोली खटिएको थियो। सो टोलीले मंगलबार गैंडाको खागजस्तो देखिने वस्तुसहित पक्राउ गरेको हो।प्रहरीले ९ सय ग्रामको गैंडाको खागजस्तो देखिने वस्तु बरामद गरेको हो।

Advertisement

प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, हात्तीसार बुझाउने तयारी गरेको बताएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)