हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतको कोभ्याक्सिनलाई डब्लूएचओ(WHO)ले दियो मान्यता

विश्व स्वास्थ्य संगठन (WHO ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।

Advertisement

तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो ।

Advertisement

बायोटेकका अध्यक्ष डा। कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए । खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट््विटमा उल्लेख गरेको छ ।

गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरुको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्यांक उपलब्ध गराउन माग गरेको थियो ।

डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन सकिने सुझाव दिएको छ ।एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)