हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

टी-२० महिला विश्वकप छनोटको तयारी गर्न नेपाली टिम बंगलादेशतर्फ

आइसिसी वुमन्स टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारी नेपालले बंगलादेशमा गर्ने भएको छ। तयारीका लागि नेपाली महिला टिम आज बिहीबार बंगलादेश प्रस्थान गरेको छ।

Advertisement

एक साता बंगलादेशमा तयारी गर्दा नेपालले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ। नेपाली टिम आगामी ११ नोभेम्बरसम्म बंगलादेशमा रहनेछ।नेपालले आगामी १९ देखि २९ सम्म युएईमा छनोट खेल खेल्नेछ।यसअघि क्यानले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो।

Advertisement

टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ।

वुमन्स टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिष्पर्धा गर्नेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)