तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने बरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा आफ्नो एक प्रस्तुति राख्दै उहाँले सो कुरा बताउनु भएको हो । ज्यो। सुवेदीका अनुसार यस पटकको लक्ष्मी पूजाको शुभ साईत १८ गते साँझ १७:५५ बजेदेखि १८:५३ बजेभित्र रहेको छ ।

आफ्नो प्रस्तुतिमा ज्यो। सुवेदीले शुद्धमन विचार एवं चिन्तन र सकारात्मक सोँच राखेर आफू जहाँ जुन अवस्थामा रहिएको छ र त्यहाँ उपलब्ध हुनेसक्ने सम्मका पूजन सामाग्रीको प्रयोग गरेर आसानीसँग महालक्ष्मीको पूजा गर्न सकिने बताउनु भएको छ ।

पण्डितको उपलब्धी हुन नसकेको अवस्थामा आफैले पूजा गर्नसकिने विधि, यसै गरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुनसकेन भने मानसिक पूजा गर्नसकिने विधिलगायतका बारेमा पनि उहाँले बताउनु भएको छ । उहाँले दिनु भएको थप जानकारी भिडियो हेरेर जानकारी लिनसक्नु हुनेछ ।