समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विराटनगरको खदम खोला किनारमा युवकको शव भेटियो

विराटनगरमा पहिचान नखुलेको एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका १६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५र२६ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ ।

Advertisement

कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाइ, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article