समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको हत्या

दाङमा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेका छन्।

Advertisement

जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।मदिरा सेवन गरेका थापाले सामान्य विवादको क्रममा श्रीमती सुनितालाई लाठीले टाउको, घाँटीलगायतमा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले घरमा श्रीमान श्रीमती मात्रै रहेको समयमा उनीहरूबीच विवाद भएको र त्यही क्रममा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेको भन्ने खुल्न आएको बताए।प्रहरीका अनुसार उनीहरूका दुई छोरामध्ये एउटा छोरा तिहार मनाउन गएको र अर्को छोरा गाउँमा साथीको घरमा गएकाले घरमा श्रीमान श्रीमती मात्रै थिए।

‘थापा परिवार मजदुरी गरेर जिविका आर्जन गर्ने परिवार हो र उनीहरू खोला किनारमा बस्दै आएका थिए,’ प्रहरी निरीक्षक भट्टले भने, ‘रातमा श्रीमान श्रीमतीको झगडा भएको गाउँलेले पनि सुनेका रहेछन्। बिहान गएर हेर्दा श्रीमती मृत अवस्थामा फेला परिन्।’

प्रहरीका अनुसार हत्या गरिएकी सुनिता थापाकी कान्छी श्रीमती हुन्।हत्या आरोपित थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article