समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पर्सामा तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

तीन महिनाको अवधिमा पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

प्रहरीले चालु आर्थिक वर्ष २०७८र७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट एक करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

Advertisement

अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आर्थिक वर्षमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article