समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जसले तारेको माछा जनकपुरबाट काठमाडौंसम्म पुग्छ

जनकपुरका चर्चित माछा होटल सञ्चालक सरोजप्रसाद साह। तस्बिरस् रोहित महतोरसेतोपाटीजनकपुरका चर्चित माछा होटल सञ्चालक सरोजप्रसाद साह।तीस वर्षअघि उनी जनकपुरको एउटा कपडा पसलमा काम गर्थे। महिनाको छ सय रूपैयाँ कमाइले श्रीमती, छोराछोरीको गुजारा गर्न सम्भव नभएपछि उनी विकल्पको खोजीमा थिए।

Advertisement

पसलमा बस्दा प्रायस् त्यस्ता व्यक्तिसँग उनको संगत भयो जो माछा खान एकदमै रूचाउँथे। त्यसैबाट प्रेरित भएर माछा होटल खोल्ने उनलाई जुक्ति फुर्‍यो।

Advertisement

जनकपुरधाम उपमहानगरपालिका–४ का सरोजप्रसाद साहले त्यसपछि जानकी मन्दिरको दक्षिणी गेटछेउ होटल खोले।

परिवारमा कसैले होटल चलाएका थिएनन्, बुवाले खानदानको नाम डुबाउने भयो भनेर खुब चिन्ता मान्नुभयो, उनले भने, मलाई भने कम लगानीमा चलाउन सकिने होटल व्यवसाय नै ठिक हुन्छ भन्ने लाग्यो। सानो छाप्रोमा होटल चलाउँदा पैसा डुब्ने जोखिम पनि कम थियो।ु

सरोजले टेबल(कुर्सी, भाँडाकुँडा, चुह्लो लगायत सामान किन्न सुरूमा १० हजार रूपैयाँ लगानी गरे। बिस्तारै होटल चल्दै गयो। सबै खर्च कटाएर दिनकै तीन(चार सय रूपैयाँ बचत हुन थाल्यो। सरोजको निम्ति त्यो लाख बराबर थियो।

आज सरोज ६० वर्षका भए। जानकी मन्दिर र राजदेवी मन्दिरबीच गल्लीमा रहेको उनको ुघरेलु होटल आनन्दु जनकपुरमै चर्चित छ। बाँसको खम्बाले ठड्याइएको टहरा र जस्ताको छानामुनि प्लास्टिक र काठका पुराना टेबल(कुर्सी राखिएको उनको होटलले देहातको कुनै पसलको झल्को दिन्छ।

दिनभरि प्रायस् सुनसान देखिने यो टहरामुनि अपराह्न ४ बज्नासाथ माछा पारखीहरूको बाक्लो भीड लाग्छ। त्यसपछि राति ९ बजेसम्मै होटलका कुर्सी भरिभराउ हुन्छन्। अधिकांश सरकारी कर्मचारी, व्यापारी र नेताहरू उनका नियमित ग्राहक हुन्। काठमाडौं, विराटनगर लगायत ठाउँबाट घुमफिरका लागि आएका माछा सोखिनहरू पनि थुप्रै भेटिन्छन्।

दैनिक सय जनाभन्दा बढी पाहुना आउनुहुन्छ। सबैले धन्यवाद दिएर जानुहुन्छ। विराटनगर र काठमाडौंबाट जनकपुर आउने धेरै पाहुनाले आधा बाटोबाटै फोन गरेर अर्डर गर्नुहुन्छ। उहाँहरू आउने बेलासम्म तयार पारेर राख्छु। आउनासाथ तात्तातो माछा पस्किन्छु। धेरैले प्याक गराएर पनि लैजानुहुन्छ,सरोजले भने।

उनका अनुसार अचेल सबै खर्च कटाएर दिनकै हजारदेखि १५ सय रूपैयाँ कमाउँछन्।

उनको होटलमा ग्राहकहरूले इच्छाएको स्वादअनुसार सादा मुरही, लसुन र खुर्सानीको चट्नी र प्याजसहित माछाका विभिन्न परिकार पेस गरिन्छ। अरूभन्दा फरक मसलामा रहुँ, भोकरा लगायत माछा तारेर पकाउने गरेकाले जनकपुरमै चर्चित भएको उनी बताउँछन्।

जनकपुरमा पाइनेमध्ये रहुँ र भोकरा जातका माछाको स्वाद सबभन्दा राम्रो हुन्छ। यसको दाम पनि अरूभन्दा बढी हुन्छ।यस्ता माछामा काँडा कम हुने भएकाले ग्राहकले खुबै रूचाउँछन्,ु उनले भने, ुएकपटक आउने ग्राहक बारम्बार आउनुहुन्छ। अरूलाई पनि लिएर आउनुहुन्छ। मेरो होटल चर्चित हुनुको कारण यही हो।ु

सरोजको माछा तार्ने तरिका पनि अरूको भन्दा फरक छ। धेरैले माछामा एकैचोटि मसला मिसाइदिन्छन्। त्यसले स्वाद कम हुँदै जान्छ। सरोजको होटलमा भने मसला मिसाउने तरिका मात्र होइन, तार्ने विधि पनि फरक छ। उनी एक(एक टुक्रा माछा अलगअलग तार्छन्। मसाला यस्तरी मिसाउँछन्, तावामा हाल्दा पनि टाँसिएरै बस्छ।

मसालामा हामी लसुन, खुर्सानी, हल्दी र नुन हाल्छौं। कहिलेकाहीँ लसुन महँगो हुँदा धेरैले कम हाल्छन् तर हामी जति महँगो भए पनि लसुनको मात्रा कम हुन दिँदैनौं। घाटा(नाफाभन्दा ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्छु,ु उनले भने।

सुरूमा उनी सिलौटामा मसला पिस्थे, अचेल मिक्सचर प्रयोग गर्छन्। माछासँगै मसला पनि जनकपुरकै बजारबाट किनेर ल्याउने उनी बताउँछन्।

उनको होटलमा पाइने माछा प्रतिकिलो ६ सयदेखि ७ सय रूपैयाँ पर्छ। एक किलोबाट १० देखि १२ टुक्रा माछा तयार हुन्छ। तीमध्ये पेटी खाने ग्राहक बढी हुन्छन्। तीन टुक्रा माछाको एउटा पेटी बेच्ने गरेको उनले सुनाए।

सरोजलाई सुरूका दिनमा होटल चलाउन उनकी श्रीमतीले खुबै सहयोग गरिन्। उनी दिनरात होटलकै काममा खटिएर लाग्थिन्। अचेल घरपरिवार सम्हाल्छिन्। सरोजका तीन छोरी र एक छोरा छन्। छोरा आनन्द बाबुसँगै होटलमा काम गर्छन्।

श्रीमतीले साथ नदिएको भए चलाउन सक्दिनथेँ होला। छोराले पढ्न मन गरेन, त्यसैले मसँगै काम गर्छ, उनले भने।

होटलकै आम्दानीबाट उनले आफ्ना दुई छोरीको बिहे गरिसके। कान्छी छोरी १० कक्षा पढ्दै छिन्। यति मात्र होइन, टहरामै होटल चलाएर सरोजले जनकपुरमा घरजग्गा जोडेका छन्। पहिले भाडामा बस्ने गरेका उनी मिहिनेत गरेर बनाएको घरमा बस्दा छुट्टै आनन्द मिलेको अनुभव सुनाउँछन्।

जनकपुर माछाका लागि देशभरमै चर्चित ठाँउ हो। मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्, ुपगपग पोखर माछ मखान, सरस मधुर मुक्सी मुख पान।ुअर्थात्, जहाँ हरेक पाइलामा माछा, मखान र पोखरी भेटिन्छ, जहाँ तपाईंलाई मुस्कुराउँदै गरेको अनुहारले स्वागत गर्छ, त्यो नै मिथिला हो ।ु

मिथिला संस्कृतिमा घरबाट लामो यात्रामा निस्किनुपर्दा माछा खाए शुभ हुने विश्वास छ। सरोजले यो विश्वासका साथमा आफ्नो पाककला पनि पस्किएका छन्। त्यसैले त, उनले तारेको माछा जनकपुरमा मात्र होइन, विराटनगर, काठमाडौं लगायत सहरहरूसम्म पुग्छ। विभिन्न ठाउँबाट मान्छे खोजी खोजी आउँछन्।

जिन्दगीको यात्रामा सरोजको निम्ति यो माछा पसल साँच्चिकै शुभ साबित भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article