मोरङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा लेटाङ २ का ३० वर्षीय कमल कार्की, ४५ वर्षीय सीता कार्की र ५५ वर्षीय तिलकबहादुर सुवेदी रहेका छन् । मृतक तीनै जना तिहारको टीका लगाएर एउटै मोटरसाइकलमा घर फर्किँदै गरेको प्रहरीले जनाएको छ ।

मोरङको भित्री सडकअन्तर्गत बेलचौरीमा दक्षिणबाट आएको बा १० च ४३०० नम्बरको स्कार्पियो गाडी र को ४० प १७२७ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।

कमल र तिलकबहादुरको घटनास्थलमा मृत्यु भएको थियो। सीताको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।स्कार्पियो चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ । स्कार्पियोमा सवार यात्रुहरू सामान्य घाइते छन्।