हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३९३२ जनामा गरिएको परिक्षणमा १३९ जनामा संक्रमण फेला परेको हो ।
२१३४ पिसिआर परीक्षण गर्दा १२८ र १७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा ३९६ संक्रमित निको भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ। त्यस्तै काठमाडौं उपत्यकामा थप ७४ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा ५३, भक्तपुरमा १२ र ललितपुरमा ९ जना संक्रमित थपिएका हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)