हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल बार पुनः आन्दोलनमा, प्रधानन्यायाधीशको राजीनामा बटमलाइन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले भोलि सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने बताए।

Advertisement

न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि समय–समयमा चालेका कदममा साथ, समर्थन र सहयोग गरेको भन्दै कानुन व्यवसायीलाई बारले धन्यबाद दिएको छ। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टी सहितका विरोध कार्यक्रम गरिसकेको छ।

Advertisement

बारले ९० इकाईहरुसँग छलफल पनि थालेको छ। सो छलफलपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव पौडेलले बताए। प्रधानयायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बारले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)