समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १० करोड रुपैयाा बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

Advertisement

ट्रेजरीको बोलकबोल सोमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ । ९१ दिने ट्रेजरी आगामी २५ माघमा परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २७ वैशाख २०७९ मा परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् प्रत्येक हप्ता ऋणपत्र बिक्री गर्ने गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article