समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दुर्घटना परी ४ जनाको मृत्यु

काठमाडौँ सहित देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित सडकमा बा।९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाटस्थित सडकमा बा।४१ प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुरस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद अधिकारीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । कार सहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-५ सिमरास्थित बागमती ०२-०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको ड्रममा ठोकिएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकलमा सवार चालक समेत ३ जनालाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article