समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप दिएको छ ।

Advertisement

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article