समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

तिहार विदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ ।

Advertisement

दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् ।प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालको साथमा आफैलाई संलग्न गराई संयुक्त इजलास राखेकोमा त्यसमा भने सुनुवाइ भएन । न्यायाधीश कुमार चुडालले एकल इजलासमा भएका मुद्दाको सुनुवाई गरेपनि प्रधानन्यायाधीश जबरा संलग्न इजलासमा भने सुनुवाइ हुन सकेन ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article