समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नागरिकता ऐन छिटोभन्दा छिटो पास गर्न चाहन्छौं : गृह मन्त्री खाण

गृह मन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्।

Advertisement

गृह मन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्ट्याए।सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्ने गरेको स्पष्ट पारे।उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरूद्ध सदन सुचारू गराउन पनि आग्रह गरे।

Advertisement

नागरिकता लगायतका महत्वपूर्ण विधेयक पास गर्न सदन सुचारू गराउन ढिलाइ गर्न नहुने गृह मन्त्री खाणले बताए।उनले भने, ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंग स्वतन्त्र छन् र शक्ति सन्तुलनको हिसाबले पनि ती अंग स्वतन्त्र ढंगले नै चल्दछन्। न्यायपालिकामा जुन खालको विवाद देखिएको छ। त्यो संवेदनशील र गम्भीर छ। त्यो विवाद छिटोभन्दा छिटो सुल्टियोस् भन्ने हाम्रो चाहना छ।’

नागरिकता ऐन छिटोभन्दा छिटो पास गर्न चाहेको उनले बताए।‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं। किनकि नागरिकताको समस्यालाई हामीले संवेदनशील रूपमा लिएका छौं। म मूल प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई तपाईंहरूमार्फत् आग्रह गर्न चाहन्छु-सदनलाई व्यवस्थित रूपमा चलाऔं। सरकारका कमीकमजोरीलाई पनि सुधार्दै जाऔं। कतिपय महत्वपूर्ण विधेयक छन्, नागरिकता लगायतका ती विधेयकलाई पास गरौं। यही नै हाम्रो आग्रह छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article