जलथल ,२२ कात्तिक । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समुहको १४ औं साधारणसभा सम्पन्न । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष चिरञ्जीवी पौडेलको सभापतित्वमा बार्षिक साधारणसभा सम्पन्न भएको छ ।



साधारणसभालाई प्रमुख अतिथि लिङ्गदेनले सम्बोधन गरेर हिडेपछी त्यहाँ उपस्थित अतिथीहरुले आफुहरुले बोल्ने औचित्य नरहेको जनाउँदै कार्यक्रम समापन गर्न लगाएका थिए । कार्यक्रमको शुरुमै अध्यक्ष लिङ्गदेनले अरु ठाउँ जानू पर्ने भन्दै प्रमुख अतिथीको सम्बोधन गरेका थिए ।

समुहले करिब ७३ लाखको बार्षिक बजेट समेत प्रस्तुत गरेको छ । २०६० सालमा स्थापना भएको उपभोक्ता समुहको १४ औं बार्षिक साधारण सभा हो । १४ औं साधारणसभामा अध्यक्ष चिरञ्जीवी पौडेलले अध्यक्षको प्रतिबेदन ,कोषाध्यक्ष हेमराज काफ्लेले कोषाध्यक्षको प्रतिबेदन ,लेखा संयोजक भगिरथ खरेलले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । समुहका उपाध्यक्ष श्याम लाल मेचेले स्वागत गरेको कार्यक्रमको सहजीकरण समुहकी सचीव भावना दाहाल मैनालीले गरेकी थिएन ।