समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अलकत्रा लोड गरी राखिएको ट्याक्टरमा आगो लागेपछि सल्कियो घरमा पनि

सोमबार साँझ अलकत्रा बोकेको ट्याक्टरमा लागेको आगो अनियन्त्रित भएपछि नजिकै रहेको घरमा पनि आगो लागेको स्थानीयले बताएका छन्।बुटवल उपमहानगरपालिका वडा नं १२ स्थीत नयाँगाउँ माध्यमिक विद्यालय अगाडिको चोकमा सडक कालोपत्रे गर्न अलकत्रा लोड गरी राखिएको ट्याक्टरमा आगो लागेपछि स्थानीय गोपाल पाण्डेको घरमा पनि सल्किएको हो।

Advertisement

स्थानीयका अनुसार पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा आगो सल्किएपछि विष्फोट भई घरभरि आगो फैलिएको हो।अहिले आगो नियन्त्रणका लागि बुटवल र सैनामैनाबाट बोलाइएका दमकलले आगो निभाउने प्रयास गरिरहेको पाण्डेले बताए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article