हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्‍यु, १८ जना घाइते

२३ कात्तिक, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता दक्ष कुमार बस्‍नेतका अनुसार मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की ४० वर्षीया जानुका भन्‍ने सरस्वती पराजुली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

यस्तै घाइते हुनेहरुमा चौतारा सागागढी नगरपालिका-१ का ५१ वर्षीय पशुपति थापा, ४६ वर्षीया तुलसी थापा, हेटौडा उपमहानगरपालिका-१ का २२ वर्षीय अरुण तामाङ, बारा सिमराकी २३ वर्षीया स्वहिता थापासहित १८ जना रहेका छन् । घाइते उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रो चालक हेटौडा उपमहानगरपालिका-१ का रामलाल थिङको टाउकोमा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मंगलबार दिउँसो १२:५५ बजे चौताराबाट काठमाडौंतर्फ जादै गरेको बा २ ख २६१२ नं. को हाइस माइक्रो बस अनियन्त्रित भइ सडकबाट ७र८ मिटर तल खसेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)