समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पोखराबाट लागू औषधसहित दुई युवती पक्राउ

पोखराबाट लागू औषधसहित दुई युवतीलाई पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जना युवतीलाई पोखरा सिमलचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा, नयाँ बजार बस्ने प्रेमा गुरुङ र गुल्मीको मालिका –२ घर भई नयाँ बजारमा बस्दै आएकी कोपिला अर्याललाई लागू औषधसहित पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले अभियुक्तहरूको साथबाट लागू औषध डाईजापाम ७४ एम्पुल, आइबुनर्फिन ७० एम्पुल, फेनारगन ७२ एम्पुल गरी २ सय १६ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । अभियुक्त प्रेमा र कोपिलालाई लागू औषध मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article