समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिन्धुलीको सदमुकाममा निषेधाज्ञा जारी

सिन्धुलीको सदमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि जिल्ला प्रशासन कार्यालयले एक्त स्थानमा निषेधाज्ञा जारी गरेको हो ।

Advertisement

बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी गएका थिए ।

Advertisement

पोखरेललाई प्रमुख आतिथिको रुपमा बोलाइएको भन्दै गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका छन् । दुई पक्षबिच झडप नहोस् भनी जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article