समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बस दुर्घटनापछि आगलागी, १० भन्दा धेरै घाइते

धनुषामा बुधबार दुर्घटना परेको बसमा आफैं आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

सडकको दाहिनेपट्टि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । आगलागीपछि बस पूर्ण रुपले जलेको छ । दुर्घटनामा बसमा सवार १० भन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article