समाचार
हल्दिबारी संवाददाता २० मिनेट अगाडि

कोटेश्वरमा खैरो हेरोइनको कारोबार गरिरहेका दुई जना झापाली युवक पक्राउ

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थायी ठेगाना भएका ३४ वर्षीय कमल विश्वकर्मा र झापाकै मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भएका ३६ वर्षीय हेम कुमार कार्की रहेका छन्।

गत मिति २०८३ साल मंसिर १० गते खैरो हेरोइन खरिद बिक्री भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ४७ ग्राम खैरो हेरोइन र दुई थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)