समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कपिलवस्तु सेल्स पसलमा भिषण आगलागी,९० लाख भन्दा बढीको क्षति

कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन्

Advertisement

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगालागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ ।फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ ।

Advertisement

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्पुटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article