स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ८१४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार ४०७ पीसीआर परीक्षणमा ३८७ जना र एक हजार ४०७ एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४७४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० जना पुगेको छ ।

Advertisement

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ । जसमा ७ हजार ५ जना होम आइसोलेसनमा छन् भने ५१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८९ संक्रमित आईसीयूमा र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट ९४ हजार ९७९ जना पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article