समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लम्कीमा प्रदर्शनकारीले फेरि बन्द गराए यातायात

हत्या आरोपीमाथि कारवाहीको माग गर्दै कैलालीको लम्कीमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग बुधबार दिउँसो केहीबेर खुले पनि फेरि अवरुद्ध गरिएको छ । भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाहीको माग गर्दै मृतकका आफन्तजनले राजमार्ग अवरुद्ध गरेका हुन् । पीडित पक्षले हत्यामा संलग्न सबैलाई पक्राउ नगरिएको भन्दै राजमार्ग अवरुद्ध गरेका छन् ।

Advertisement

आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि मृतकका आफन्त भेला भएर यातायात सञ्चालनमा अवरोध गरेका छन् ।

Advertisement

मंगलबार राति लम्कीका व्यापारी डम्वर बडुवालका २२ वर्षीय छोरा भूपेन्द्रको हत्या गरिएको थियो । प्रहरीले हत्याको आरोपमा ८ जनालाई पक्राउ गरेको छ भने अन्य केही अझै फरार छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article