हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेची भन्सारबाट राजश्व नतिरी निस्किएको कन्टेनर मेचीनगर ६ स्थित ट्राफिक पोस्टमा पक्राउ

झापा ।  मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो । भन्सारदेखि ट्राफिक पोस्टको दुरी ५०० मिटर भित्र पर्छ ।

Advertisement

प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै चालक फरार भएका थिए । ‘कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको छैन,’ डीएसपी रिजालले भने, ‘अहिले कन्टेनर खोलेर सरसामान गन्ती गर्ने काम भइरहेको छ, त्यसपछि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइने छ ।’ कन्टेनरमा भित्र लाखौं मुल्य बराबरको विभिन्न सामान रहेको उनले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)