हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा राष्ट्रिय स्वतन्त्र पार्टी : सभापति लामिछाने

भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उहाँले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताउनुभएको हो ।

Advertisement

उहाँले भन्नुभयो, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।”सभापति लामिछानेले जनताको भारी मतले आएको रास्वपालाई बेला–बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेकामा आपत्ति प्रकट गर्दै आफ्नो पार्टीलाई कसैको भारी बोकेर र पछि लागेर हिँड्नुपर्ने आवश्यकता नरहेको पनि बताउनुभयो ।

Advertisement

रास्वपालाई सिध्याछु भन्ने कसैले पनि नसोच्न आग्रह गर्दै उहाँले यो पार्टीभित्र एकसे एक होनाहार नेताहरू रहेकाले कसैले सिध्याउन नसक्ने बताउनुभयो । सभापति लामिछानेले रास्वपामा आउनेको लहर चलेको बताउँदै स्वार्थ लिएर यो पार्टीमा प्रवेश नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीमा प्रवेश गर्नेहरूलाई कुनै स्वार्थ नलिई आउन आह्वान गर्दछु, यो पार्टीमा आउनेबित्तिकै अब म वडाध्यक्ष, मेयर, उपमेयर, सांसद हुन्छु वा २०८४ को चुनावमा अब म उम्मेदवार हुँ भन्ने चर्चा गर्दै नहिँड्नुस्, स्वार्थ बोकेर आउनेलाई यो पार्टीमा ठाउँ छैन, आउँदो चुनावमा जनताले चाहेको नेतृत्व खोज्न त्यतिखेरै पार्टी लाग्नेछ, त्यस्ता चर्चा कसैले नगरौँ ।”पार्टीमा रहेर कुनै पनि व्यक्तिले नराम्रो काम गरेको पाइए तत्कालै पार्टीले कारबाही गर्ने बताउँदै उहाँले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)