हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हेटौंडाका सञ्जु इलाममा मृत फेला

इलामको सूर्याेदय नगरपालिका–४, अन्तु भञ्ज्याङको एक होटलमा हेटौंडा उप–महानगरपालिकाका सवारी चालकसमेत रहेका ५० वर्षे सञ्जु लोप्चन तामाङ मृत फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

उपमहानगरका ८ कर्मचारीको टोलीसहित इलाम आएका उनी गएराति करिब ११ बजेतिर साथीहरूसँगै सुतेका थिए।

Advertisement

बिहान साढे ५ बजेतिर साथीहरू उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको पशुुपतिनगर इलाका प्रहरीका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिएका छ्न

उनको मृत्युको कारणबारे खुल्न नसकेको र मृतकका आफन्त आएपछिमात्रै कानुनी प्रक्रिया सुरु गरिने राईले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)