हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रसाईले भनेजस्तै ‘बैंकमा भएको निक्षेप कुम्ल्याएर भाग्दै मारवाडी व्यापारी’

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले ठुलो रकम लिएर मारवाडी व्यापार भाग्ने लागेको सूचना पाएको बताएका छन् ।

Advertisement

३२ देखि ३८ खर्ब पैसा लिएर भाग्न सक्ने र अहिलेको अवस्थामा मारवाडी व्यापारी भागे नीजि बैक समस्यामा पर्ने प्रसाईले जानकारी दिए ।  बैंकमा जम्मा भएको जनताको निक्षेप पैशा चाँही ७० प्रतिशत हाल भाग्ने मारवाडी व्यापारीहरुले चलाएको प्रमाण आफुसँग भएको उनको दाबी छ ।

Advertisement

सुन र ललिता निवास प्रकरणमा देखिएको यो स्थितिले ‘नेपाली व्यापारीलाई जेल र मारवाडीलाई भाग्ने मौका सरकारले नै दिएको उनले बताए । ‘विवादीत काममा पनि हात हालेर राजनीतिक दलका नेता र पहुँचका अधिकारी रिझाएर मारवाडीले नेपाली सम्पति विदेशमा लगेर लुकाउने गरेका छन् । बैंक र बित्तिय संस्थामा पहुँच बनाएर नेपाली जनताको पैसाले लगानी गर्ने र तीनै जनताको घरजग्गा मारवाडीले लुटिरहेका छन् ।’ उनले भने, ‘नेपाली जनतासँग उठाएको रकम सुन तस्करीका लागि यूएई र हङकङमा कार्यालय खोलेका छन् । यो विषयमा सरकार जानकार छ । तर, मारवाडीलाई केही गर्न सक्दैन् । चालु पँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेका छन् ।’

नेपालमा हुने सुनको तस्करीदेखिका अवैध काममा मारवाडीहरु कतै न कतै जोडिएको प्रसाईको आरोप छ । औद्योगिकदेखि व्यापारीक क्षेत्रमा हुने बेथितिमा पनि उनीहरुको संलग्नता रहँदै आएको नेपाली व्यवसायीको भनाइ ।

नेपाली मूलका व्यापारी अगाडि बढेपछि खरिद गरेका आधारमा नै पक्राउ गरी थुनियो तर भारतीय मूलका व्यापारीलाई किन छुट दिईयो ? भने प्रसाईको प्रश्न छ । सुन र ललिता निवास प्रकरणमा जोडिएका मारवाडी व्यापारीहरु एक जना पनि अनुसन्धानको दायरामा आएका खबर सार्वजनिक भएका छैनन् ।

नेपालको औद्योगिक र बैंकिङ क्षेत्रमा एकछत्र संलग्न रहेका मारवाडीहरू विवादीत विषयमा जहाँ पनि संलग्न भएका खबर सार्वजनिक हुन्छन् । तर, उनीहरु अनुसन्धानमा तानिदैन्, यो प्रश्नको विषय बनेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस प्रकरणको मिहिन अनुसन्धान गरिरहेको अवस्थामा नेपाली मुलका व्यावसायीसहितलाई मुद्दा चलाउँदा भारतीय व्यापारी मारवाडी भने जोगिने गरेका छन् ।

भाग्दै मारवाडी व्यापारी, सरकार मौन

ललिता निवास प्रकरणमा विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयलले देश छाडेको विवरण सतहमा आएको हो ।

प्रहरीले उनीहरूका विषयमा अनुसन्धान गर्दा तीन जना संयुक्त राज्य इमिरेट्स (युएई)को दुबई पुगेको चर्चा छ भने अन्य भारतको नयाँ दिल्लीमा रहेको बुझिन्छ ।

गोयल सनराइज बैंकको प्रमोटर पनि हुन्। उता अनेक विवादमा तानिने गरेका गोविन्द सांघाई, कैलाश गोयल संगीता बोथराले पनि देश छाडेको चर्चा छ ।

यस्तै, भाग्ने मारवाडी व्यापारी सन्दिप सारडा (एनआईसी एसिया बैंकको प्रमोटर र विदेशी मदिराको वितरक), मनोज केडिया (सिद्धार्थ बैंकका अध्यक्ष र श्रीराम मिल्कको साहुजी), श्रवण गोयल (सनराइज बैंकको प्रमोटर र हेभी इक्विपमेन्ट इम्पोर्टर), गोविन्द सांघाई (एनएलआइसी इन्स्योरेन्स र इलामको सोक्तिम चिया कम्पनीसँग सम्बद्ध), कैलाश गोयल (मारवाडी सेवा समितिका अध्यक्ष) र संगीता बोथरा छन् । जसमध्ये सन्दिप, मनोज र श्रवण भारत हुँदै दुबई पुगेका छन् भने अरु तीन जना अहिलेसम्म दिल्लीमै रहेको प्रहरीको अध्ययनमा छ ।

काठमाडौँबाट सडक मार्ग हुँदै भारत छिरेर दिल्ली पुगेका गोविन्द, कैलाश र संगीता भने अहिलेसम्म त्यहीँ छन् । उनीहरू पनि त्यसैगरी दूतावासबाट एनओसी लिएर भाग्ने सम्भावना उच्च रहेको बताइन्छ ।
नेपालमा प्रहरीले समात्न ठीक परेको बेला भागेर दिल्ली पुगेका यिनीहरूलाई दूतावासले के आधारमा एनओसी दियो ? अनुसन्धान अधिकारीहरूसमेत चकित परेका छन् ।

कोभिड काल होस् वा नाकाबन्दीको समय भारतीय मुलका व्यापारीले मौकाको फाइदा उठाएको विवरण नआउने गरेका होइनन् । यहाँसम्मकी केडिया समूहले त बीरगञ्जको एउटा सरकारी जग्गा कौडीको भाउमा नै लिनका लागि अदालतसम्म सेटिङ गरेको समेत खुलेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)