हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भाइरल आँखा पाक्ने समस्याः लक्षण र बच्ने उपाय

बच्चामा आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ। आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ। भर्खरै जन्मेको बच्चादेखि १५ वर्षको उमेरसम्मका बच्चालाई आँखा पाक्ने समस्या बढी देखिन्छ।

Advertisement
आँखा पाक्नुका विभिन्न कारण छन्। जस्तैः इन्फेक्सन (ब्याक्टेरिया र भाइरस) ले एलर्जी र आँखामा केमिकल परेर। तर, वर्षातको समयमा बच्चाको आँखा इन्फेक्सन र एलर्जीको कारणले धेरै पाक्ने गर्छ। आँखा पाक्दा अत्यधिक पीडा हुन्छ। यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ।
ब्याक्टेरयिाले आँखा पाकेको छ भने आँखामा पहेंलो चिप्रा आउँछ। भाइरलले पाकेको हो भने आँखाबाट पानी धेरै आउँछ। ब्याक्टेरिया निको हुन २ हप्तादेखि १ महिनासम्म लाग्न सक्छ र भाइरल निको हुन ७ देखि १४ दिन लाग्छ। भाइरल र ब्याक्टेरियाबाट पाकेको आँखा एकै प्रकारले सर्छ।

लक्षणहरु

Advertisement
  • एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने
  • आँखा धेरै चिलाउने तथा आँखा टाँसिने
  • आँखाबाट बारम्बार पानी बगिरहने
  • आँखामा कचेरा लाग्ने तथा टाँसिने
  • आँखाबाट आँसु बगिरहने
  • आँखा सुन्निने
  • आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने
  • कहिलेकाहीँ रुघाखोकी लाग्ने
  • कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ

बच्ने उपाय

  • आँखा छुनुभन्दा अगाडि राम्रोसँग साबुन–पानीले हात धुने
  • सफा पानीले आँखा धुने
  • रुमाल, तौलियाबाट आँसुमार्फत भाइरस तथा ब्याक्टेरिया एकअर्कोमा सर्ने हुँदा आँखा पाकेका बच्चाको आँसु, चिप्राबाट बच्ने र उनीहरुले प्रयोग
  • गरेका रुमाल र तौलिया प्रयोग नगर्ने।

उपचार 
पाकेको आँखालाई आइसले सेक्दा र सफा पानीले आँखा धुँदा केही सहज महसुस हुन्छ। हाम्रो समाजमा आँखा पाक्यो भने दुईचार दिनमा निको हुन्छ भनेर बजारबाट आफूखुसी औषधि किनेर लगाउने चलन छ। बजारमा पाइने औषधिले तुरुन्तै आँखा निको भए पनि भविष्यमा मोतिविन्दु, जलविन्दु जस्ता समस्या हुन सक्छ।

पुतलीको कणले गर्दा आँखा पाकेको हो भने बजारबाट औषधि किनेर लगाउँदा ज्योति नै गुम्न पनि सक्छ। त्यसैले आँखा पाकेपछि चिकित्सकसँग परार्मश गरेर मात्र औषधि प्रयोग गर्नुपर्छ। इन्फेक्सनको कराणले गर्दा पाकेको आँखा एन्टिबायोटिकको प्रयोग गरेर निको पार्न सकिन्छ।

एलर्जीले पाकेको आँखा औषधि गरेर निको भए पनि सधैंका लागि निर्मूल पार्न भने गाह्रो हुन्छ।  त्यसैले यस्ता बच्चालाई केले एलर्जी भएको हो, पहिचान गरी ती चिजबाट टाढा राख्नुपर्छ। बच्चालाई आँखाको जालो सफा गरेर मात्र औषधि लगाउनुपर्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)