हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा हात्ती आतंक

हल्दिबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ साविक जलथल १ मा  गएराती तीन वटाको सङ्ख्यामा आएको जङ्गली हात्तीले एक घरमा क्षति पुर्याएकाे छ ।

Advertisement

राती करिब २ः३० मा गाउँमा पसेको जङ्गली हात्तीले स्थानीय पदमबहादुर वनको घरमा क्षति पुर्याएको हो । हात्तीले बनले वर्षभरि खान राखेको मकै, धान खाइदिएको र घरमा समेत क्षति गरेको छ।

Advertisement

त्यस्तै घर वरिपरी रहेको सुपारी, नरिवल, केरा जस्ता फलफूल  खाई गाईबस्तु बस्ने  गोठमा समेत क्षति पुर्याएको हो । पछिल्लो समय हल्दिबारीमा चारकोसे जङ्गलबाट जङ्गली हात्ती पटक–पटक बस्तीमा पसेर मानिसको ज्यान तथा धनमालको ठूलो  क्षति पुर्याउदै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)