हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कोटीहोममा पिकअप र मोटरसाईकल जुध्दा एकको मृत्यु

झापा । कनकाई नगरपालिका ४ कोटीहोममा गएराती मंगलवार एक ८ बजेर १५ मिनेटमा मोटरसाईकललाई एक पिकअफले ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

Advertisement

कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ बर्षिय सम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मे ३ प ७०७९ नम्बरको मोटरसाईकलमा सवार मामा भान्जालाई दक्षिण बाट उत्तरतर्फ जादै गरेको नम्बर खुल्न नसकेको एक पिकअप भ्यानले ठक्कर दिएको थियो ।

Advertisement

पिकअफको ठक्करबाट घाईते बनेका लिम्बुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ठक्करदिने पिकअफको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार अर्का सागर लिम्बुको भने अवस्था सामान्य रहेको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार पछाडि बस्ने मामाको मृत्यु भएको हो । पिकअप र मोटरसाईकल जुध्दा पछाडि सवार लिम्बु भने निक्कै परसम्म बजारिएका थिए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)