हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

डोजर सहित बालुवाटारमा निर्माण व्यवसायीको प्रर्दशन

बिभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका छन् ।निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा डोजर सहित प्रदर्शन गरेका हुन् ।

Advertisement

अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरु एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने महासंघको माग छ ।

Advertisement

उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने उनीहरुको माग छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)