हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मन्त्री मोदी र भारतीय राजदूतश्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेटवार्ता भएको छ ।

Advertisement

सिंहदरबार स्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्रीमोदी र राजदूत श्रीवास्तव बीच समसामयिक एवं द्धिपक्षीय हितका विषयमा छलफल भएको छ ।

Advertisement

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए ।

मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयहरु लाई अगाडि बढाउने जवाफदिए । त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरुको प्रभावकारीताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)